कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कर्णालीको प्रदेशसभा बैठक वैशाख ३ गते बस्ने

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गते बस्ने भएको छ । छैटौं अधिवेशन अन्त्य भएको ६ महिनापछि शुक्रबार संसद् बैठक बस्ने भएको हो । मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गते संसद् बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

कर्णालीको प्रदेशसभा बैठक वैशाख ३ गते बस्ने

एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली सरकार अहिले अल्पमतमा छ । त्यसकारण पनि ३ गते बस्ने बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

सरकार अल्पमतमा परेपनि मुख्यमन्त्री शाहीले संसद्‌मै विश्वासको मत लिनेगरी तयारी गरिरहेका छन् ।

प्रकाशित : चैत्र ३१, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?