कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

समयमै उद्धार नहुँदा गर्भवतीको मृत्यु

हुम्ला — चंखेली गाउँपालिका–५ नेप्काकी ३७ वर्षीया गर्भवती बेल्कु तामाङको समयमै उद्धार हुन नसक्दा सोमबार ज्यान गएको छ ।

दुर्गम क्षेत्रमा रहेका सुत्केरी तथा गर्भवती महिलालाई जटिलता आएमा ज्यान जोगाउन हेलिकप्टरबाट उद्धार गर्ने कार्यक्रम रहे पनि बेल्कुले उक्त सुविधा पाउन सकिनन् ।

स्थानीयबासी मदन तामाङका अनुसार शुक्रबारदेखि प्रशव व्यथाले च्यापेकी उनलाई जटिल अवस्था देखिएपछि सुर्खेत लैजान खोजिएको थियो । तर, गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधि र कर्मचारीसँग सम्पर्क नहुँदा उद्धारको लागि हेलिकप्टर मगाउन सकिएन । ‘आइतबार बिहानैदेखि गाउँपालिकाका अध्यक्ष र कर्मचारीलाई उद्धारको लागि गुहारेका थियौं,’ उनले भने, ‘तर कसैसँग सम्पर्क हुन नसक्दा घरमै ज्यान गयो ।’

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले गाउँपालिकाबाट समयमै हवाइ उद्धारको लागि सिफारिस नआउँदा हेलिकप्टर मगाउन नसकिएको बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाइ उद्धारको लागि स्थानीय तहबाट सिफारिस लिनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?