२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

तुवाँलोका कारण मुगु–हुम्लामा हवाइ उडान अवरुद्ध

राजबहादुर शाही

मुगु — बाक्लो तुवाँलोका कारण सोमबार मुगु र हुम्लामा हवाइ उडान अवरुद्ध भएको छ । सोमबार बिहानैदेखि बाक्लो तुवाँलोले डाडाँकाँडा ढाकेपछि हवाइ उडान अवपरुद्ध बनेको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख मोहन गिरीले बताए ।

तुवाँलोका कारण मुगु–हुम्लामा हवाइ उडान अवरुद्ध

जहाज उडान नभएपछि यात्रु अलपत्र परेको उनको भनाइ छ । उडान अवरुद्ध हुँदा नेपालगञ्ज सुर्खेत झर्ने र नेपालगञ्जदेखि मुगु–हुम्ला जाने यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

तराईका विभिन्न सहरदेखि रारा घुम्न आएका आन्तरिक पर्यटक एयरपोर्टमै रोकिन बाध्य भएका छन् । तुवाँलोले मुगुमा तारा, समिट र सिता एयरको उडान अवरुद्ध भएपछि पर्यटकलाई नेपालगञ्ज झर्न र रारा आउन समस्या भएको छ ।

अरुबेला हिमपातले अवरुद्ध हुने हवाइ उडान यसपटक चैतमा बाक्लो तुवाँलो लागेपछि धेरै पटक हवाइ उडान अवरुद्ध हुँदै आएको छ ।

बाक्लो तुवाँलोले गर्दा स्थानीयको आँखा पोल्ने, टाउको दुख्ने,आँखाबाट पानी बग्ने जस्तो समस्या देखिएको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?