२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

वीरेन्द्रनगर — नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा देवीराम देवकोटा विजयी भएका छन् । अध्यक्षमा निर्वाचित देवकोटाले ४ सय २९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विष्णु शर्माले ३ सय २१ मत प्राप्त गरे ।

पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा देवकोटा विजयी

निर्वाचन समितिका अनुसार खुल्ला उपाध्यक्षमा चक्रबहादुर खत्री, महिला उपाध्यक्षमा बिमला खड्का, महासचिवमा खगेन्द्रप्रसाद भट्टराई, सचिवमा दीपक बुढा, समावेशी सचिवमा अशोक राजी र कोषाध्यक्षमा गणेशकञ्चन भारती विजयी भएका छन् ।

त्यस्तै, महिला सदस्यमा चिना विक र सुरिता बस्नेत निर्वाचित भएका छन् । यसैगरी खुल्ला सदस्यमा जीवन शाही, सुवर्ण शाही, दीपकुमार जैसी, नन्दराम जैशी, सरोज वली, जितप्रसाद आचार्य, सुरेन्द्रबहादुर सिंह र हरिबहादुर सिंह विजयी भएका छन् ।


प्रकाशित : चैत्र २६, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?