कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुगुमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको पातीहाल्नामा जिप दुर्घटना हुँदा १ को मृत्यु र ५ जना घाइते भएका छन् । 

सोरु गाउँपालिकाको सिपगाउँदेखि यात्रु बोकेर गमगढीका लागि छुटेको ग ३ च ११६८ नम्बरको जिप दुर्घटना हुँदा गाउँपालिका–७ की ३० वर्षीय गिरकला बुढाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्र भट्टराईले जानकारी गराए ।

दुर्घटनामा घाइते हुनेहरुमा सोरु गाउापालिका–७ का २८ वर्षीय दल बुढा, रत्न विष्ट, छायाँनाथरारा नगरपालिका–१ का ४८ वर्षीय कुलबहादुर मल्ल, वर्षीय २१ गोविन्द विष्ट, २५ वर्षीय ललिजंग बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई एल्बुलेन्समार्फत उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । जिप ३ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय र कालै प्रहरी चौकीबाट सुरक्षाकर्मी खटाइएको थियो । घाइते ५ जनामध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य ३ जना समान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?