लोडर खस्दा सह-चालकको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — सडक कालोपत्रे गर्ने क्रममा लोडर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका–९ सुलिहालेस्थित मध्यपहाडी लोकमार्ग कालोपत्रे गरिरहेको बा २ क ९८८३ नम्बरको लोडर सडकबाट खस्दा कैलालीको गोदावारी नगरपालिका–४ का २२ वर्षीय सन्तोष बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानको खाना खाएर लोडर स्टार्ट गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी चौकी सिम्लीका इन्चार्ज प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले बताए ।

लोडर सडकबाट अन्दाजी ५० मिटर तल सानीभेरी नदीको बगरमा खसेको थियो ।

प्रकाशित : चैत्र १२, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?