किशोरी हत्या आरोपमा एक वर्षपछि किशोर पक्राउ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी हत्या आरोपमा एक वर्षपछि किशोर पक्राउ

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका–१, काभ्राकी १६ वर्षीया कविता बोहराको हत्या आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयसहित प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले लामो अनुसन्धानपछि उनलाई पक्राउ गरेको हो ।

आरोपित किशोर १८ वर्ष नपुगेकाले उनलाई नेपालगन्जस्थित बालसुधार गृहमा पठाइने जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार एउटै विद्यालयमा पढ्ने किशोरले मन पराए पनि किशोरीले बेवास्ता गरेपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

किशोरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको उनले जानकारी दिए । गत वर्ष फागुन २ गते किशोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङले घाइते लमजुङका एक विद्यार्थीको मृत्यु [अपडेट]

आश गुरुङ

लमजुङ — लमजुङको क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ ।

हेलिकप्टरमार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्दाजी १७ वर्षीय विनोद विश्वकर्माको साँझ साँढे ५ बजेतिर मृत्यु भएको हो । उपचारस्थलमा रहेका क्‍व्होलासोथार गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार हेलिकप्टरबाट उपचारका लागि ल्याइएका ३ जनालाई तत्काल मणिपाल लगिएकोमा उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।


भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विश्वकर्मासँगै छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका थिए । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर परेको छट्याङले छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । उनीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष घलेको सहयोगमा उपचारका लागि अस्पताल पुर्‍याइएपनि एक जनाको निधन भएको वडाअध्यक्ष खिमबहादुर गुरुङले बताए ।

उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर घलेगाउँबाट हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । चट्याङले छात्राबास भवनका साथै विद्यालय र छात्राबास नजिकैको इन्टरनेट डिभाइस र तारमा क्षति पुर्‍याएको छ ।

...

लमजुङको क्‍व्होलासोथार गाउँपालिका-४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर चट्याङ पर्दा छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये रेशबहादुरको हात नचलेको र अन्य २ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

भुजुङ घर भएकी क्व्होलासोथार कार्यपालिका सदस्य गमीमाया गुरुङका अनुसार घाइते विद्यार्थीलाई पोखरास्थित गण्डकी अस्पताल लगिएको छ ।

प्रकाशित : चैत्र ३, २०७७ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×