१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सवारी दुर्घटनामा कांग्रेस नेता मल्लको निधन

राजबहादुर शाही

मुगु — सवारी दुर्घटनामा सोरु गाउँपालिकाका कांग्रेसका नेता जयकर्ण मल्लको निधन भएको छ ।

सवारी दुर्घटनामा कांग्रेस नेता मल्लको निधन

बुधबार राति ९ बजेतिर बाँके कोहोलरस्थित पिपलचोकमा जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा भे १ क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा ३७ वर्षीय मल्लको घटनास्थलमै निधन भएको कांग्रेस जिल्ला कार्यसमितिका पार्टी सभापति खड्गबहादुर शाहीले बताए ।

सोरु गाउँपालिका–११ धैनकोट गाउँ निवासी मल्ल एक जना बिरामी गाउँलेको उपचार गर्न नेपालगञ्ज झरेका बेला ट्रक दुर्घटनामा मृत्यु भएको शाहीले जनाए । चालक र ट्रक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले एक वर्षअघि मल्ललाई सोरु गाउँपालिकाको सभापति चयन गरेको थियो ।

बिहीबार बिहान नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले ट्रक चालकलाई कडा कानुनी कारबाहीसहित क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । १३ दिनसम्म पार्टी कार्यालयको झन्डा झुकाइने कांग्रेसले जनाएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?