सल्यान कारागारमा कैदीको मृत्यु

विप्लव महर्जन

सल्यान — जिल्ला कारागारमा ८४ वर्षीय कैदी जीवलाल बोहराको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । 

सल्यान कारागारमा कैदीको मृत्यु

मुटु सम्बन्धी समस्या देखिएपछि उनलाई एक सातादेखि जिल्ला अस्पतालमा राखेर उपचार सुरु गरिएकोमा शनिबार बेलुकी मृत्यु भएको जिल्ला कारागार सल्यानका जेलर बलबहादुर केसिले बताए । बोहराको शव प्रक्रिया पुर्‍याएर आफन्तलाई जिम्मा लगाइएको उनले जानकारी गराए ।

जिल्ला अस्पताल सल्यानका ईन्चार्ज डा. भिमकान्त जैसीले बोहरालाई अस्पताल ल्याउँदा मुटुले काम नगरेको देखिएपछि औषधि प्रयोग गरे पनि सुधार नआई उनको मुत्यु भएको बताए । कपुरकोट गाउँपालिका ४ धनबाङ्ग घर भएका बोहरा स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सल्यानले ०७२ मा आठ वर्षको कैद फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेपछि ०७७ माघ ७ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

प्रकाशित : फाल्गुन २३, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?