१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फर्निचर उद्योगमा आगलागी, ५ करोडको क्षति

अर्जुन शाह

धनगढी — धनगढीस्थित नेपाल आयल निगमको भण्डारणस्थल नजिकै रहेको एउटा फर्निचर उद्योगमा आगलागी भएको छ । 

फर्निचर उद्योगमा आगलागी, ५ करोडको क्षति

बजार क्षेत्रमै पर्ने चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा शनिबार दिउँसो सवा १२ बजे आगलागी हुँदा करिब ५ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि धनगढी उपमहानगर र गोदावरी नगरपालिकाबाट आएका दमकल प्रयोग भइरहेको छ । आगो नियन्त्रणमा प्रहरी ,सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयवासी परिचालन भएका छन ।

आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?