१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कान्तिपुरकर्मी सेजुवाल पुरस्कृत

कान्तिपुर संवाददाता

सुर्खेत — नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले कान्तिपुरकर्मी कलेन्द्र सेजुवाललाई कोरोना संकटमा उत्कृष्ट रिपोर्टिङ गरेको भन्दै सम्मानसहित पुरस्कृत गरेको छ ।

कान्तिपुरकर्मी सेजुवाल पुरस्कृत

शाखाको बुधबार सम्पन्न प्रथम अधिवेशनको उद्घाटन समारोहमा सेजुवाललाई सम्मानित गरिएको हो ।

बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले कोरोनाको महामारीमा कर्णालीका बिकट र ग्रामीण क्षेत्रमा जोखिम मोलेर पत्रकारिता गरेकोले प्रोत्साहन गर्न सम्मान गरिएको बताए ।

महासंघका केन्द्रीय सदस्यसमेत रहेका सेजुवाल कोरोनाबाट संक्रमितसमेत भएका थिए । भर्चुअल अधिवेशनमा सेजुवाललाई सम्मान गर्दै वरिष्ठ पत्रकार भगिरथ योगीले आफ्नो ज्यानको समेत प्रवाह नगरी सेजुवालले कोरोनाबाट सर्वसाधारणलाई जोगाउन चेतनामूलक कार्य गरेको बताए ।

अधिवेशनमा युरोपियन यूनियनका राजदुत गेहेन्द्र राजभण्डारी, महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोक दाहाल लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित : फाल्गुन २०, २०७७ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?