भरुवा बन्दुकसहित दुई पक्राउ

विप्लव महर्जन

सल्यान — भरुवा बन्दुकसहित प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कालीमाटी गाउँपालिका-२ बस्ने ४५ वर्षीय कुलबहादुर सारुमगर र २५ वर्षीय कमल घर्तीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित दुई पक्राउ

इलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरी टोलीले सारुमगरले घर नजिकै खोल्सामा लुकाएको र घर्तीले खेतमा लुकाएर राखेको बन्दुक बरामद गरिएको सल्यान प्रहरीका डीएसपी गोविन्द थापाले बताए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?