कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई ट्रक जडिबुटी बरामद

विप्लव महर्जन

सल्यान — इलाका प्रहरी कार्यालय सल्लीबजारले दुईवटा ट्रकमा नेपालगन्ज लैजान लागिएको फर्जी पूर्जीसहितको जडिबुटी बरामद गरेको छ ।

दुई ट्रक जडिबुटी बरामद

जाजरकोटबाट नेपालगन्ज जाँदै गरेका ना–४ ख ६४१३ र ना–८ ख ५४३ नम्बरको ट्रकसहित जडिबुटी बरामद गरिएको हो ।

ट्रकमा पाखनबेद, कालिकाठको दाना, बोझो, पदमचाल, टिमुर, तेजपातलगायतका जडिबुटी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फर्जी पूर्जी बनाएर बाहिर लैजाँदै गरेको अवस्थामा ट्रकसहित जडिबुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार ठेकेदार रामप्रसाद चौलागाईंलाई पनि नियन्त्रणमा लिइएको छ ।

‘पुर्जीमा एक थरी सामग्री उल्लेख भए पनि जुटका बोरामा जडिबुटी भेटियो,’ उनले भने, ‘मुचुल्का उठाइरहेकोले परिमाण र अनुमानित रकम खुल्न सकेको छैन ।’

प्रकाशित : फाल्गुन १४, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?