कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चोरी सिकारीमा संलग्‍न ७६ पक्राउ 

विप्लव महर्जन

सल्यान — सामुदायिक वनमा चोरी सिकारी बढेसँगै नियमित गस्ती गर्न थालेपछि अवैध काममा संलग्नहरु पक्राउ पर्न थालेका छन् । पछिल्लो ३ वर्षमा डिभिजन वन कार्यालयले वन पैदावार र वन्यजन्तुको अवैध ओसारपसारमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ ।

चोरी सिकारीमा संलग्‍न ७६ पक्राउ 

वन्यजन्तु चोरी सिकारी गर्ने ३५, वन पैदावार ओसारपसार गर्ने ३७ र वनमा आगजनी गर्ने ४ जनालाई पक्राउ गरिएको डिभिजन वन प्रमुख रमेशकुमार गिरीले बताए । पक्राउ परेकामध्ये ७३ जनाको मुद्दा जिल्ला अदालतबाट फैसला भइसकेको र ३ जनाको मुद्दा अनुसन्धानको क्रममा रहेको उनले बताए ।

‘संलग्नहरु धमाधम पक्राउ परिरहेका छन्,’ उनले भने, ‘चेतनाको अभाव र आर्थिक लालचले अझै चोरी सिकारी र अवैध निकासी रोकिएको छैन ।’ उनले चोरी सिकारीका कारण वनक्षेत्र र वन्यजन्तु मासिदै गएको बताए ।

प्रकाशित : फाल्गुन १०, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?