१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उपाध्याय

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियु्क्त भएका छन् । उनीसहित आयोगमा नियुक्त सदस्यहरु वसन्तीकुमारी शाही र भक्तबहादुर शाहीलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले बिहीबार पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उपाध्याय

आयोगको अध्यक्षमा नियुक्त उपाध्याय साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक (सहसचिवस्तरका अवकाशप्राप्त कर्मचारी) हुन् । आयोग गठनका लागि मुख्यमन्त्रीको अध्यक्षमा गठित सिफारिस समितिले फागुन २ गते ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा सभामुख राजबहादुर शाही र प्रमुख विपक्षी दलका नेता जीवनबहादुर शाही सदस्य थिए ।

कर्णाली प्रदेशसभाले प्रदेश लोक सेवा आयोग ऐन–२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक–२०७६ गत फागुन २ गते पारित गरेको थियो । आयोगमा नियुक्त तीनैजनालाई बिहीबारै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अस्थायी रुपमा पदवहाली गराइएको कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले बताए । उनका अनुसार आयोगले प्रदेश निजामती सेवा, प्रहरी सेवा, प्रदेशसभा सेवा, अन्य प्रदेश सरकारी सेवा र प्रदेश संगठित संस्थामा कर्मचारी नियुक्तिको काम गर्नेछ ।


प्रकाशित : फाल्गुन ६, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?