२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बहुविवाहमा वडा अध्यक्षलाई एक वर्ष कैद सजाय

विप्लव महर्जन

सल्यान — बहुविवाहको आरोपमा पक्राउ परेको बन्गाड कुपिन्डे नगरपालिका–९ का वडा अध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।

बहुविवाहमा वडा अध्यक्षलाई एक वर्ष कैद सजाय

जिल्ला अदालत सल्यानका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडा अध्यक्ष कुमाई र उनकी पछिल्ली श्रीमती ग्वामी विष्टलाई कैद फैसला गरेको हो । घरमा दुई पत्नी र चार छोराछोरी भएका वडा अध्यक्ष कुमाईले गत मंसिर ३ गते ग्वामी विष्टलाई भगाएर फरार भएका थिए । लुकिछिपी बसेको अवस्थामा उजुरी परेपछि प्रहरीले मंसिर १९ गते दुवैजनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका वडा अध्यक्ष र उनकी श्रीमतीलाई अदालतले फैसला गरेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाले बताएका छन् । दुई वटा श्रीमती हुँदाहुँदै वडा अध्यक्षले तेस्रो विवाह गरेको पहिले नै स्वीकार गरिसकेका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?