मुगुमा म्याद नाघेको नुन वितरण

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकामा म्याद नाघेको नुन वितरण गरेको पाइएको छ । ठेकेदार सर्जन बुढाले दुई वर्षअघि म्याद सकिएको भानु नुन वितरण गरेका हुन् ।

मुगुमा म्याद नाघेको नुन वितरण

सन् २०१६ मा उत्पादन भई सन् २०१८ मा म्याद सकिएको आयोडिन भानु नुन ठेकेदार बुढाले स्थानीयलाई वितरण गरेको फेला परेको सोरुकोट इलाका प्रशासन प्रमुख खडगबहादुर बस्नेतले बताए । उत्पादन भएको मितिले २ वर्षको मात्र म्याद हुने र त्यसपछि उपभोग गर्न नमिल्ने उनको भनाई छ । म्याद सकिएको थाहा पाएपछि ३ बोरा नियन्त्रण लिएको बस्नेतले बताए ।

ठेकेदार, साल्ट ट्रेनिङ कर्पोरेसनका कर्मचारीले माघ २७,२८ र २९ गते सोरुकोटमा उपभोक्तालाई म्याद नाघेको भानु नुन वितरण गरेको पाइएको इलाका प्रशासन कार्यालय सोरुकोटले जनाएको छ ।

पहिले नै धमाधम म्याद सकिएको नुन वितरण गरिसकेको रहेछ इलाका प्रशासन प्रमुख बस्नेतले भने, ‘सकिने बेला म्याद नाघेको नुन वितरण भयो भन्ने हल्ला आएपछि नुनको पोका ल्याएर हेर्दा हो रहेछ ।’

ठेकेदारले सोरुकोटमा म्याद नाघेको नुन वितरण गरेको थाहा भएपछि तारापानीमा भानु नुन बिक्री वितरणमा रोक लगाए पनि आदेशको अवज्ञा गरी नुन वितरण गरेको इलाका प्रशासनको भनाई छ ।

गाउँका स्थानीयले नुनको म्याद नै नहेरेर पाउने बित्तिकै भारी गरेर घर फर्किने चलनले गर्दा ठेकेदारको मनपरी हुने गरेको छ ।जस्तो दिए पनि खान्छन् भनेर कहिले कुहिएको चामल, कहिले म्याद नाघेको नुन ठेकेदारले बिक्री गर्न थालिएको स्थानीयको आरोप छ ।

यो चालु आर्थिक वर्षमा सोरु गाउँपालिकाको सोरुकोटमा ६ सय क्विन्टल र तारापानीमा ६ सय क्विन्टल आयोडिन भानु नुन बिनियोजन गरिएको छ ।

उक्त नुन वितरणमा ठेकेदारसहित साल्ट ट्रेनिङ कर्पोरेसनका कर्मचारी जिल्ला प्रशासन कार्यालयबाट एक जना प्रतिनिधि र प्रहरी चौकी प्रमुखको रोहबरमा नुन वितरण गरिँदै आएको छ ।

प्रकाशित : फाल्गुन १, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?