कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुर्खेतमा कान्तिपुरकर्मीसहित ९ पत्रकार सम्मानित

वीरेन्द्रनगर — नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाले कान्तिपुरकर्मीसहित ९ जना पत्रकारलाई सम्मान गरेको छ । 

सुर्खेतमा कान्तिपुरकर्मीसहित ९ पत्रकार सम्मानित

मंगलबार महासंघको २५औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लामा क्रियाशील पत्रकारलाई विभिन्न विधामा सम्मान गरेको हो । महासंघले चार जनालाई १० हजार राशिको विकास तथा शान्ति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । गत वर्षको पुरस्कार कान्तिपुरकर्मी चाँदनी कठायत र रेडियो नेपालमा कार्यरत डम्मर आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै यस वर्षको पुरस्कारबाट देवीराम देवकोटा र रेडियो नेपालका भानुभक्त खड्का पुरस्कृत भएका छन् । यस्तै, १० हजार राशिकै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कार इमेज टेलिभिजनमा कार्यरत मानबहादुर ओली र सुनगाभा टेलिभिजनका संवाददाता खिम बुढाले पाएका छन् । यसैगरी अन्नपूर्ण पोष्टमा कार्यरत ललित वुढा र रेडियो भेरीका मधुवन बीसीलाई ५ हजार राशिको वर्ष पत्रकारिता पुरस्कार दिइएको छ ।

५ हजार राशिको नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट युगआव्हान दैनिकमा कार्यरत गीता थापा पुरस्कृत भएकी छन् । साधारसभामा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशमा स्थापित एफएम, रेडियोलाई हरेक वर्ष एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे । उनले केबल टेलिभिजन र सिनेमा हललाई पनि एक/एक लाख रुपैयाँ प्रदान गरिने बताए ।

छापा माध्यमलाई कति दिने भन्ने बारेमा छलफल भइरहेको मन्त्री भण्डारीको भनाइ छ । ‘पहिलो चरणमा हामी ५० प्रतिशत रकम दिनेछौं,’ उनले भने, ‘त्यसपछिको प्रगति हेरेर थप ५० प्रतिशत रकम प्रदान गरिनेछ, रकम जति भए पनि अब बाटो भने खुलेको छ ।’ मन्त्री भण्डारीले सञ्चार क्षेत्रसँग सम्बन्धित पूर्वाधार विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।


प्रकाशित : माघ २७, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?