जाजरकोटमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — माटोको ढिस्कोले पुरिएर शिवालय गाउँपालिका ९ की ४६ वर्षीया विर्मी वुढाको मृत्यु भएको छ । सडकको तारजाली कार्य गर्नका लागि जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको हो । 

छेडा–कचाली सडक खण्डको र्ममत कार्य योजनामा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर बुढाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा ल्याइएको थापाले बताए । उक्त सडकको मर्मत कार्य ऱ्याप थ्री आयोजनाद्वारा सञ्चालन भएको थियो ।


प्रकाशित : माघ २७, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?