कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चोरी आरोपमा सल्यानमा ३ पक्राउ

विप्लव महर्जन

सल्यान — प्रहरीले चोरीको आरोपमा ३ जनालाई दार्मा गाउँपालिकाबाट पक्राउ गरेको छ ।

चोरी आरोपमा सल्यानमा ३ पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार दार्मा–२, मेलटाकुरीका २८ वर्षीय लालबहादुर सुनार, बन्गाडकुपिण्डे नगरपालिका–५ का २७ वर्षीय मेघराज साहु र चोरीका सामान किन्ने सिद्धकुमाख गाउँपालिका–३, ढोडचौरका व्यापारी वीरबहादुर विक पक्राउ परेका हुन् । सुनारले आफ्नै घरबाट ६ आना सुनको गहना, करिब १५ रुपैयाँको मोवाइल र साहुले एक तोलाको सुनको सिक्री चोरेका थिए । मदिरा सेवन गर्ने पैसा नदिएपछि उनीहरुले आफ्नै घरबाट चोरी गरेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

ठूलो परिणममा अवैध गुट्खा बरामद


इलाका प्रहरी कार्यालय, सल्लीबजारले करिब ५ लाख ३९ हजार रुपैयाँको ३५ बोरा अबैध गुट्खा बरामद गरेको छ । चेकजाँच गर्ने क्रममा राजश्व छली लुकाइछिपाइ जाजरकोट, डोल्पा र रुकुम पश्चिम लैजान लागिएको गुट्खा बरामद गरिएको हो ।

प्रहरीले गुट्खा ओसार्न प्रयोग भएको भे–१ च ३३६४ नम्बरको पिकअप भ्यानसमेत नियन्त्रणमा लिएको जनाएको छ । अबैध गुट्खा र गाडी अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय, कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालयका इन्चार्ज देबहादुर चन्दले बताए । उनका अनुसार बिल नभपछि गुट्खा बरामद गरिएको हो ।

प्रकाशित : माघ २१, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?