कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जुम्ला गोठीगाउँ आगलागी : ३ करोडभन्दा बढी क्षति भएको अनुमान

आगलागीमा परी ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जले
एलपी देवकोटा

जुम्ला — जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा आगलागी हुँदा ३२ घर लजेर नष्ट भएको छ । मंगलबार साँझ गोठीगाउँका बरब रोकायाको घरबाट खाना पकाउने क्रममा एक्कासि आगलागी सुरु हुँदा गाउँका ३२ घर जलेर नष्ट भएका छन् ।

गोठीगाउँमा आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घरमा खाना पकाउने हिमाली चुल्होको पाइपबाट आगोको झिल्का निस्कन गई घरको छानामा आगो सल्किएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट तीन करोड रुपैयाँभन्दा धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘प्राप्त सूचनाअनुसार तीन करोड क्षतिको विवरण प्राप्त भएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी युवनकुमार चौधरीले भने । आगलागी भएको गाउँ खलंगादेखि ३५ किलोमिटर टाढा रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाएको थियो ।

गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले जानकारी दिइन् । ‘गाउँमा पैदल हिँडेर जानुपर्छ, जनशक्ति कम भएकाले आगो नियन्त्रणमा लिन सकिएन,’ उनले भनिन्, ‘क्षतिको विवरण संकलन भइरहेको छ । मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान सबै मिलेर आगो नियन्त्रणमा लिन सफल भएका छौँ ।’

प्रकाशित : माघ १४, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?