शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट ३३ नाल भरुवा बन्दुक फेला

रुकुम पश्चिम — डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले ठूलो परिमाणमा अवैध हातहतियार फेला पारेको छ ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट ३३ नाल भरुवा बन्दुक फेला

निकुञ्जले सोमबार जगदुल्ला गाउँपालिकाको काइगाउँ, हुरिकोट, माझगाउँ, थापागाउँ, छांचुलगायत स्थानबाट ३३ नाल भरुवा बन्दुक फेला पारेको जनाएको छ । हतियारसँगै चोरी सिकारीमा संलग्न ८ जना पक्राउसमेत परेका छन् ।

जनप्रतिनिधि र मध्यवर्ती व्यवस्थापन समितिका पदाधिकारीको सहयोगमा बन्दुक फेला पारिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । पक्राउ गरेका व्यक्तिको नाम गोप्य राखी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार गत साउनयता निकुञ्जमा ३७ थान भरुवा बन्दुक, एउटा कटुवा पेस्तोल र १० वटा इन्सास राइफलका गोली बरामद गरिएको छ । ‘चिसोमा सबैतिर निकुञ्जको ध्यान पुग्न सक्दैन, भूगोल पनि असजिलो भएकाले सिकारीहरू सक्रिय रहेको पाइयो,’ पौडेलले भने, ‘अहिले चोरी सिकारी रोक्न विभिन्न अभियानलाई तीव्र बनाइएको छ ।’

प्रकाशित : माघ १३, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?