कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

शिक्षक–विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका दुई विद्यालय बन्द

विप्लव महर्जन

सल्यान — शिक्षक र विद्यार्थीमा कोरोना पाजेटिभ देखिएपछि बन्गाड कुपिन्डे नगरपालिकाका दुई विद्यालय शुक्रबारदेखि एक साताका लागि बन्द भएका छन् । प्रभाकर मावि दवस्थल र गंगा प्रावि,अम्राका विद्यालय बन्द भएका हुन् ।

शिक्षक–विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका दुई विद्यालय बन्द

केही दिनअघि ४६ जनाको स्वाव संकलन गरिएकोमा देवस्थलको प्रभाकर माविका शिक्षक र विद्यार्थी गरी १० जना र गंगा प्राविका तीन शिक्षकमा कोरोना पोजेटिभ देखिएको हो । विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको प्रभाकर माबिका प्रधानाध्यापक शिखर यरीले बताए ।

विद्यालयका अधिकांश विद्यार्थीलाई कोरोना हुनसक्ने सम्भावना देखिएपछि थप विद्यार्थीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी गराए । कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा झन्ठै ६ सय विद्यार्थी रहेकाले कसैलाई लक्षण देखिएमा तत्काल सम्पर्क राख्न उनले अभिभावकलाई आग्रह गरेका छन् ।

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि बालबालिकाको पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने उनको भनाइ छ । ‘नगरपालिकाले विद्यालयमा आइसोलेसन बनाएको थियो । निर्मलीकरणको काममा लापरबाही गरेकाले पनि विद्यार्थी र शिक्षकमा कोरोना देखिएको हुनसक्छ’ उनले भने ।

बन्गाड कुपिन्डे नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारका अभिभावकले मास्क प्रयोग अनिवार्य गर्न आग्रह गरेका छन् ।

प्रकाशित : माघ ९, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?