१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हुस्सुले कर्णालीमा हवाई उडान प्रभावित

राजबहादुर शाही

मुगु — हुस्सुका कारण हुम्ला, मुगु र डोल्पामा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । बिहानैदेखि नेपालगन्ज र सुर्खेतमा बाक्लो हुस्सु लाग्ने र मध्यान्हपछि मुगु, हुम्ला र डोल्पामा हावा चल्दा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको हो । 

हुस्सुले कर्णालीमा हवाई उडान प्रभावित

नेपालगन्जमा बिहानै बाक्लो हुस्सु लाग्ने र मध्यान्हपछि सिमकोटमा हावा चल्ने समस्याले गर्दा दुई दिनदेखि हवाई उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख बिष्णुप्रसाद अधिकारीले बताए ।

‘हुस्सुको समस्याले गर्दा नेपालगन्जदेखि उडान नभएको दुई दिन भइसक्यो, आज पनि उडान होला जस्तो छैन,’ तारा एअरलाइन्सका रारा स्टेसन इन्चार्ज लक्ष्मीकुमार शाहीले बताए ।

हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरु ४० हजार रुपैयाँसम्म जीप रिजर्भ गरेर नेपालगञ्ज,सुर्खेत जान बाध्य भएको शाहीको भनाइ छ ।

तराईको बाक्लो हुस्सुले कर्णालीका जिल्लामा हवाई उडान प्रभावित भएपछि जहाजको टिकट लिएका यात्रुहरु बिहानै एअरपोर्ट धाउने र मध्यान्हपछि घर फर्किने गरेका छन् ।

हुस्सुले गर्दा हवाई उडान प्रभावित हुँदा मुगुको पर्यटकीयस्थल रारा घुम्न आउने आन्तरिक पर्यटकहरु बढी मर्कामा परेका छन् ।

प्रकाशित : माघ ९, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?