कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फेसबुक मेसेन्जरमा महिलालाई अश्लील भिडियो पठाउने पक्राउ

विप्लव महर्जन

सल्यान — फेसबुक मेसेन्जरमा महिलालाई अश्लील भिडियो पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

फेसबुक मेसेन्जरमा महिलालाई अश्लील भिडियो पठाउने पक्राउ

अश्लील भिडियो पठाएर सताएको आरोपमा प्रहरीले कुमाख गाउँपालिका ४ सेरिडाँडाका ३६ वर्षीय रमेश भनिने रबि शाहीलाई पक्राउ गरेको हो ।

फेसबुक म्यासेन्जरमा अश्लील भिडियो,फोटो र सन्देश पठाएको भन्दै साइबर ब्युरोमा उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

साइबर ब्यूरोले जिल्लामा पत्र पठाएपछि त्यसैको आधारमा शाहीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले बताए । शाहीलाई प्रहरी प्रधान कार्यालय काठमाडौं पठाइएको उनले जानकारी दिए ।

प्रकाशित : माघ ८, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?