कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मुगुका १ सय ८ जना बालबालिकामा गम्भीर कुपोषण

राजबहादुर शाही

मुगु — जिल्लाका १ सय ८ जना बालबालिकालाई गम्भीर किसिमको कुपोषण रोग देखा परेको छ ।

मुगुका १ सय ८ जना बालबालिकामा गम्भीर कुपोषण

जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालु आर्थिक वर्ष अन्तर्गत ६ महिनाको तथ्यांक अनुसार गत साउनदेखि पुस महिनासम्म जन्मेको ६ महिना माथिका र ५ वर्ष मुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग देखिएको उल्लेख गरिएको छ ।

तीमध्ये दलित ७५ जना, जनजाति १ जना क्षेत्री ठकुरी वर्गका ३२ जना बालबालिकामा कुपोषण रोग देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कुपोषण विज्ञ तथा अस्पताल डाइटिसियन पर्सन लोकबहादुर विकले बताए ।

मुगुमा ९.२ प्रतिशत बालबालिकामा गम्भीर कुपोषण र ४४ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण देखिएको उनको भनाइ छ । गत साउनदेखि पुससम्म सबैभन्दा बढी साउनमा ४६ जना र मंसिरमा १९ जना बालबालिकामा गम्भीर कुपोषण देखिएको छ ।

जसमध्ये ७३ जना बालबालिका उपचार गरी निको भएको र बाँकी ३५ जना बालबालिकाको उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्लाका चारवटा स्थानीय तहमध्ये सबैभन्दा बढी छायाँनाथ रारा नगरपालिकाका र सोरु गाउँपालिका बस्तीस्तरका बालबालिकामा बढी कुपोषण देखापरेको छ । मुगुमकार्मारोङ गाउँपालिकामा एक बालकमा मात्र कुपोषण रोग देखिएको छ ।

गरिबी, पोषणयुक्त खानपिनको अभाव र सरसफाइको अभावमा दलित बालिकामा बढी कुपोषण रोग देखा परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पर्शुराम नेपालीको भनाइ छ । स्थानीय उत्पादनभन्दा आयतित खाद्यवस्तु बढी उपभोग गर्ने बानीले बालबालिका कुपोषित हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।

कुपोषित बालबालिका निको हुन कम्तीमा २ महिना समय लाग्ने उनको भनाइ छ । कुपोषित बालबालिकालाई निको हुँदासम्म खुवाउन सर्वोत्तम पिठो दिने गरिएको छ । सर्वोत्तम पिठो सप्रोस नेपाल संस्थाले वितरण गर्ने गरेको छ ।

प्रकाशित : माघ ७, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?