२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अटो दुर्घटना हुँदा ४ जना घाइते

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीबाट सदरमुकाम खलंगा आउँदै गरेको रा १ ह ३५५० नम्बरको यात्रुबाहक अटो आइतबार बिहान साढे १० बजे शारदा नगरपालिका–८ सिमखर्कको सबुज चौतारामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

अटो दुर्घटना हुँदा ४ जना घाइते

तीव्र गति तथा ब्रेक फेल भएका कारण भित्तामा ठोक्किएर अटो दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक बन्गाड कुपिण्डे नगरपालिका–९ जयतपानीका १७ वर्षीय विमल बुढाथोकी र स्थानीय १७ वर्षीय आर्षिक कुँवरलाई उपचारको लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

घाइतेमध्ये २४ वर्षीया प्रेमी यरी र १८ वर्षीया सुष्मा रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको र रेउलेको अवस्था सामान्य रहेको उनले जानकारी दिए । उनका अनुसार अटोमा छ जना सवार थिए । स्थानीय र प्रहरीको सहयोगमा घाइतेको उद्धार गरिएको उनले जानकारी गराए । चालकको लापरबाहीका साथै आर्थिक लालचमा परेर क्षमताभन्दा बढी यात्रु हाल्ने गरेका कारण दुर्घटना बढ्दै गएको उनको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७७ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?