कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जुवा खेल्ने क्रममा समन्वय प्रमुखसहित ५ पक्राउ

हरि गौतम

रुकुम पश्चिम — जिल्ला समन्वय समितिका प्रमुखसहित ५ जना जुवाखालबाट पक्राउ परेका छन् ।

जुवा खेल्ने क्रममा समन्वय प्रमुखसहित ५ पक्राउ

जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित अन्य ४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । मुसीकोट नगरपालिका–१, पातुखोलास्थित भरत घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१०, का ६४ वर्षीय जितेन्द्र बुढा मगर, रुकुम पश्चिम त्रिवेणि गाउँपालिका–७, का लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का कमल गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।

उनीहरुको साथबाट केही नगद र तास बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको शाहीले बताए । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित : माघ २, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?