कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

शे-फोक्सुण्डो निकुञ्जबाट बन्दुक र अखेटोपहारसहित एक पक्राउ

हरि गौतम

रुकुम पश्चिम — डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट बन्दुक र वन्यजन्तुको अखेटोपहारसहित एकजना पक्राउ परेका छन् । निकुञ्जको चोरी सिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैराबाट एक नाल भरुवा बन्दुक, त्यसमा लाग्ने १९ वटा गोली, एक बट्टाको साथमा अखेटोपहारसहित लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको हो । 

शे-फोक्सुण्डो निकुञ्जबाट बन्दुक र अखेटोपहारसहित एक पक्राउ

शाही त्रिपुरासुन्दरी नगरपालिका–६ का स्थानीयबासी हुन् । पक्राउ परेका शाहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । चोरीसिकारी भइरहेको भन्ने सूचनाको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

निकुञ्जले केही समयअघि मात्रै ३७ थान भरुवा बन्दुक, कटुवा पेस्तोल तथा इन्सास राइफलका गोलीहरु समेत बरामद गरेको थियो ।

भौगोलिक विकटता, निकुञ्जमा जनशक्तिको अपुगताको साथै चिसो मौसमको फाइदा उठाउँदै चारीसिकारीमा संलग्नहरु सक्रिय भएको उनले बताए ।

प्रकाशित : माघ १, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?