शे-फोक्सुण्डो निकुञ्जबाट बन्दुक र अखेटोपहारसहित एक पक्राउ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शे-फोक्सुण्डो निकुञ्जबाट बन्दुक र अखेटोपहारसहित एक पक्राउ

हरि गौतम

रुकुम पश्चिम — डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट बन्दुक र वन्यजन्तुको अखेटोपहारसहित एकजना पक्राउ परेका छन् । निकुञ्जको चोरी सिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैराबाट एक नाल भरुवा बन्दुक, त्यसमा लाग्ने १९ वटा गोली, एक बट्टाको साथमा अखेटोपहारसहित लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको हो । 

शाही त्रिपुरासुन्दरी नगरपालिका–६ का स्थानीयबासी हुन् । पक्राउ परेका शाहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । चोरीसिकारी भइरहेको भन्ने सूचनाको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

निकुञ्जले केही समयअघि मात्रै ३७ थान भरुवा बन्दुक, कटुवा पेस्तोल तथा इन्सास राइफलका गोलीहरु समेत बरामद गरेको थियो ।

भौगोलिक विकटता, निकुञ्जमा जनशक्तिको अपुगताको साथै चिसो मौसमको फाइदा उठाउँदै चारीसिकारीमा संलग्नहरु सक्रिय भएको उनले बताए ।


प्रकाशित : माघ १, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

कालो मास्क लगाएर प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले माइतीघर मण्डेलमा कालो मास्क र पोशाक लगाएर विभिन्न नारा लगाएर विरोध गरेका हुन् । उनीहरुले खोक्रो 'राष्ट्रवाद बन्द गर', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर' जस्ता नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए ।


प्रकाशित : माघ १, २०७७ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×