बसको ठक्करले मोटरसाइकल चालकको मृत्युपछि सल्यान–रुकुम सडक अवरुद्ध
सल्यान — दार्मा गाउँपालिकाको दार्माकोटबाट दाङको तुलसीपुर जाँदै गरेको बसले बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना२ख ९६४३ नम्बरको यात्रुवाहक बसले रा३प ८६६७ नम्बरको मोटरसाइकललाई शारदा नगरपालिका–६ बरलामा ठक्कर दिएको हो । मृत्यु हुनेमा बरलाका ३० वर्षीय वीरेन्द्र भण्डारी छन् ।
ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार घटनापछि बस चालक फरार छन् ।
भण्डारीको मृत्युपछि स्थानीयले राप्ती लोकमार्गअन्तर्गतको सल्यान–रुकुम सडक अवरुद्ध पारेका छन् । तनाब बढ्न नदिन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए ।
प्रकाशित : पुस २९, २०७७ १४:००