कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हिउँले ढाकियो रारा

राजबहादुर शाही

मुगु — कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक रारा हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ ।

हिउँले ढाकियो रारा

तालसँगै वरपरको वन सेताम्मे बनेको छ । घुम्न आएका आन्तरिक पर्यटक, निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवानहरू हिउँ खेलेर रमाउँदै छन् । रारामा यो यस वर्षको दोस्रो हिमपात रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर सरोज खड्काले बताए । उनका अनुसार करिब ५ इन्च हिउँ जमेको छ । हिउँ पर्ने क्रम अझै जारी छ ।

गत मंसिर २ गते पनि रारामा २ इन्च हिउँ परेको परेको निकुञ्जका कर्मचारीले जनाएका छन् । चिसोले स्थानीय जनजीवन भने प्रभावित भएको छ । गाउँदेखि गमगढी बजारसम्मका बासिन्दा आगो तापेर दिन कटाइरहेका छन् ।

रारा तालभन्दा एक घण्टा माथिको मुर्मा गाउँमा भने आधा फिट हिउँ जमेको छ । यो ठाउँ समुद्री सतहदेखि ३२ सय मिटर उचाइ पर्छ । हिउँ परेपछि हिउँदे बाली सप्रने भएकाले कृषकहरू खुसी भए पनि गाईबस्तु चराउन, घाँसदाउरा ल्याउन कठिनाइ भएको स्थानीय बिर्खबहादुर रोकायाले सुनाए ।

प्रकाशित : पुस २०, २०७७ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?