कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२६ किमि सडक प्रदेश सरकारलाई

राजबहादुर शाही

मुगु — ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको २६ किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । गमगढीबाट चंखेलीसम्मको २६ किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

२६ किमि सडक प्रदेश सरकारलाई

निर्माण सम्पन्न भएको सडक शुक्रबार जिल्ला पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको परियोजनाका फिल्ड व्यवस्थापक विष्णुराम विष्टले बताए । उनका अनुसार मुगुको चंखेलीदेखि हुम्लाको दार्म–देउलीसम्मको करिब ४१ किलोमिटर सडक पनि निर्माणाधीन छ । सडक निर्माणको झण्डै ७० प्रतिशत काम पूरा भइसकेको उनले जानकारी दिए । उनका अनुसार सन् २०२२ भित्र उक्त सडक निर्माण गरी प्रदेश सरकारलाई हस्तानान्तरण गर्ने कार्यक्रमको लक्ष्य छ । परियोजनाले उक्त सडकअन्तर्गतको दर्खेखोला, लुमखोला र लेब्राखोलामा पनि पक्की पुल बनाउन सुरु गरेको छ ।

सन् २०१८ देखि गमगढी–हुम्ला दार्म लिंकरोड निर्माण सुरु गरिएको थियो । सडक निर्माणमा अहिलेसम्म १ अर्ब ६२ करोड रुपैयाँ खर्च भइसकेको कार्यक्रमले जनाएको छ । कार्यक्रमले सन् २०१३ देखि २०१८ सम्म २१ किलोमिटर गमगढी–तारापानी सडक निर्माणको काम पूरा गरेको थियो । उक्त सडकले सोरुलाई सदरमुकाम गमगढीसम्म जोडेको छ ।

सडक निर्माणको काम गुणस्तरीय भएपछि प्रदेश सरकार मातहत ल्याइएको पूर्वाधार कार्यालय प्रमुख योगेन्द्र धरालाले बताए । उनका अनुसार सडक निर्माणमा झण्डै १३ सय स्थानीयले ३ वर्षसम्म रोजगारी पाएका थिए । सडक निर्माण पूरा भएपछि बाम, दर्खेलबाडा, फोइपाटा, लुम, रुघालगायत गाउँ सडक सञ्जालमा जोडिएका छन् ।

प्रकाशित : पुस १२, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?