करेन्ट लागेर बसका सहचालकको मृत्यु

विप्लव महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका ५ लेखपोखरामा करेन्ट लागेर बसका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको दंगिसरन गाउँपालिका ३ घर भएका वर्ष २१ का ना ६ ख २९६२ नम्बरको बसका सहचालक राजेश डाँगी छन् । 

दाङको तुलसीपुरबाट रोल्पाको दहखोला जाँदै गरेको बसको छतबाट सामान निकाल्ने क्रममा मेनलाइनको तार छुँदा डाँगीलाई करेन्ट लागेको हो । करेन्ट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उनले बताए । बसमा सवार अन्यलाई केही भएको छैन ।

प्रकाशित : पुस ११, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?