कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

मुगमकार्मारोङका विद्यालयमा जाडो बिदा नहुने

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ गाउँपालिकाले यस वर्ष सामुदायिक विद्यालयमा जाडो बिदा नदिने भएको छ । कोरोना महामारीका कारण बन्द विद्यालय झण्डै ८ महिनापछि खुलेकाले जाडो बिदा नदिने निर्णय गरिएको हो । गाउँपालिकाका विद्यालयहरु मंसिर १८ गतेदेखि संचालनमा आएका छन् । गाउँपालिकामा १८ सामुदायिक विद्यालय छन् ।

मुगमकार्मारोङका विद्यालयमा जाडो बिदा नहुने

गत वर्षसम्म मुगमकार्मारोङमा पुस १५ देखि माघ १५ गतेसम्म जाडो बिदा हुन्थ्यो । कोर्स नसकिने भएपछि अरु सार्वजनिक बिदाका दिन पनि विद्यालय संचालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘अब शनिबार पनि विद्यालय संचालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अत्यधिक जाडो बढेपछि केही विद्यालय आगो बालेर पठनपाठन संचालन गरिरहेका छन् ।’

धेरै जाडो बढेपछि सावधानी अपनाएर पठनपाठन गराउन थालिएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले बताए ।

प्रकाशित : मंसिर २६, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?