हुम्ला टेलिकम कार्यालयमा तालाबन्दी

छपाल लामा

हुम्ला — टेलिफोन, इन्टरनेट र मोबाइल सेवा गुणस्तरीय नभएको भन्दै नागरिक अगुवाले नेपाल टेलिकम, हुम्लामा तालाबन्दी गरेका छन् । टेलिकमका सेवाहरु बेला बेलामा अवरुद्ध हुने गरे पनि मर्मतमा बेवास्ता गरिएपछि बिहीबार तालाबन्दी गरिएको हो ।

जिल्लामा सक्रिय युवा समूह, विभिन्न विद्यार्थी संगठन, महिला सञ्जाल र नागरिक समाजले टेलिकम कार्यालयमा तालाबन्दी गरेका हुन् । टेलिफोन सेवा भरपर्दो नबनाइँदासम्म तालाबन्दी जारी रहने नेविसंघकी उपाध्यक्ष सोनामछिरिङ लामाले बताइन् । ‘टेलिफोन सेवा भरपर्दो नहुँदा अन्य सेवाबाट पनि वञ्चित हुनुपरेको छ,’ उनले भनिन्, ‘महिनौसम्म फोन सेवा अवरुद्ध भएपछि दुर्गम गाउँका बासिन्दाको सदरमुकामसँग सम्पर्कविच्छेद भएको छ ।’ उनका अनुसार झण्डै ६० जनाको समूहले टेलिकममा तालाबन्दी गरेको हो ।

क्षमताभन्दा बढी मोबाइल सीम वितरण गरिएका कारण समस्या भएको टेलिकम प्रमुख शिवप्रसाद भट्टराईले बताए । ‘सम्भव भएसम्म मर्मतलाई पनि निरन्तरता दिएका छौं,’ उनले भने, ‘सेवालाई गुणस्तर बनाउन आवश्यक प्रयास गरिरहेका छौं ।’

प्रकाशित : मंसिर २५, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?