३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुगुमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

राजबहादुर शाही

मुगु — कांग्रेस मुगुले बिहीबार दिउँसो सरकारको विरुद्धमा गमगढीमा प्रदर्शन गरेको छ । बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिएको विषयमा सरकार विरुद्धमा गमगढीमा प्रदर्शन गरिएको हो ।

मुगुमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

सहभागीले सरकारको ज्यादती होसियार, अभिनायकवादी ओली सरकार होसियार लेखिएका प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए ।

तनहुँमा पुल उद्घाटन गर्न गएका पौडेललाई ओली सरकारले पक्राउ गरेको विरुद्धमा खबरदारी गरिएको कांग्रेस उपसभापति खगेन्द्र मल्लले बताए । ओली सरकारको दिनगन्ती सुरु भइसकेको उनको आरोप छ ।

गमगढी बजार क्षेत्रमा र्‍याली गरी गमगढी मिलनचोकमा कोणसभा आयोजना गरिएको थियो ।

प्रकाशित : मंसिर १८, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?