कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सल्यान दार्माका ३९ परिवारलाई सोलार

विप्लव महर्जन

सल्यान — दार्मा गाउँपालिका–३ का विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । पहाडी साना किसान अनुकुलन आयोजनाको आर्थिक सहयोगमा दार्मा गाउँपालिकाले विपन्नलाई सोलार वितरण गरेको हो । 

सल्यान दार्माका ३९ परिवारलाई सोलार

विद्युत् सेवाबाट वञ्चित भएका ३ नम्बर वडाको मैनेनी, कल्लेरी, डौराखोला, लामजिले, कालगिरे र दानवाङका विपन्न परिवारले सोलार पाएका छन् । प्रतिपरिवार ५० वाटको सोलार वितरण गरिएपछि दुर्गम बस्तीको अँध्यारो हटाउन सहयोग पुगेको गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । उनका अनुसार थप २ सय परिवारलाई सोलार वितरण गर्ने गाउँपालिकाको योजना छ ।

सोलार पाएपछि सल्लाको दियालोबाट मुक्ति पाइएको स्थानीय दिलबहादुर रोकाले बताए । उनका अनुसार सौर्य उर्जाले वन र वातावरण संरक्षणमा पनि सहयोग पुगेको छ । सोलारले दैनिक कामकाज सहज बन्ने र बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने उनले बताए ।

प्रकाशित : मंसिर १८, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?