बालविवाहको आरोपमा पक्राउ

विप्लव महर्जन

सल्यान — घरमा पत्नी हुँदाहुँदै बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले बाग्चौर नगरपालिका–१ कोटबेतका २७ वर्षीय महेश बस्नेतलाई पक्राउ गरेको छ ।

बालविवाहको आरोपमा पक्राउ

उनले १६ वर्षीया बालिकालाई फकाएर बिहे गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । पीडित बालिकाकी आमा नभएको र बुवा सुस्त मनस्थितिका भएकाले उनले फकाएर बिहे गरेको प्रहरीले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएकी बालिकालाई संरक्षण गर्छु भन्दै लिएका उनले मंसिर १२ गते विवाह गरेका थिए । प्रहरीका अनुसार बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।

प्रकाशित : मंसिर १७, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?