१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ढुंगा प्रहार गरी छिमेकीको हत्या 

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–५ राउचेका २८ वर्षीय शेरबहादुर साहुले छिमेकी ५६ वर्षीय दुर्गाबहादुर बादीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार साहुले आइतबार बेलुकी ढुंगा प्रहार गरी बादीको हत्या गरेका हुन् ।

नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोला नजिकै साहुले बादीलाई पछाडिबाट ढुंगा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

घटनालगत्तै साहु फरार छन् । शेरबहादुरलाई पक्रन इलाका प्रहरी कार्यालय बन्गाड र बाबियाचौरबाट प्रहरी परिचालन गरिएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित : मंसिर १५, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?