कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

परीक्षाको वैकल्पिक विधिबारे भर्चुअल अभिमुखीकरण

सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय केन्द्रीय क्याम्पसले आइतबारदेखि सुरु हुने परीक्षाको लागि भर्चुअल अभिमुखी कार्यक्रम आयोजना गरेको छ । पहिलोपटक घरमै बसेर इन्टरनेटको माध्यमबाट परीक्षा दिन पाइने भएपछि यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

परीक्षाको वैकल्पिक विधिबारे भर्चुअल अभिमुखीकरण

क्याम्पस प्रमुख तेजविक्रम बस्नेतका अनुसार केन्द्रीय क्याम्पसबाट प्रथम सेमेस्टरको परीक्षामा ६ सय ६८ जना विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ देखि ४ बजेसम्म परीक्षा सञ्चालन हुने उनको भनाइ छ । भर्चुअल अभिमुखीकरणमा करिब २ सय ५० विद्यार्थी सहभागी थिए ।

विद्यार्थीलाई सहायक क्याम्पस प्रमुख ललितजंग शाहीले ‘वैकल्पिक विधिबाट परीक्षा सञ्चालन, व्यवस्थापन र मूल्यांकन सम्बन्धी निर्देशिका–२०७७’ अनुसार जानकारी दिएका थिए । विश्वविद्यालयले यसअघि असोजमा स्नातकोत्तर तह तेस्रो र स्नातक तह सातौं तहको पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गरेको थियो ।

वैकल्पिक परीक्षाबारे भर्चुअल अभिमुखीकरण कार्यक्रमका सहभागी । तस्बिर : कान्तिपुर

प्रकाशित : मंसिर १३, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?