तीन घर जल्दा १३ परिवार विस्थापित

कालीकोट — दलित टोलमा भएको आगलागीमा तीन घर डढेपछि ११ परिवारको बिचल्ली भएको छ । तिलागुफा गाउँपालिका–४ राँचुलीको बस्तीमा शनिबार आगलागी भएको थियो । वडा सदस्य बिउरा बिकको घरबाट सुरु भएको आगोले तीन घरमा बस्ने परिवारका भित्र रहेका सबै सामान डढेका छन् ।

सुधारिएको चुलोको फलामे पाइपबाट निस्केको झिल्का छानाको खरमा सल्किएपछि आगलागी भएको वडाध्यक्ष खड्कराज शाहीले बताए । बिहान ८ बजे सल्किएको आगो निभाउन २ घन्टा लागेको थियो ।

प्रकाशित : मंसिर १३, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?