कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा दैलेखका डा. सर्वराज खड्का नियुक्त भएका छन् । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त उपाध्यक्ष पदमा उनलाई नियुक्त गरेको हो । यसअघिका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएपछि उक्त पद रिक्त थियो । 

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का

हाल विश्व खाद्य अधिकार सञ्जाल (फियान) का अन्तर्राष्ट्रिय अध्यक्ष रहेका डा. खड्का राज्य पुनर्संरचना सिफारिस तथा सुझाव आयोगका सदस्य र समाज कल्याण परिषद्का कार्यकारी निर्देशक भइसकेका छन् ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा नेकपाका केन्द्रीय सदस्य रहेका वीरेन्द्रनगर निवासी झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, सल्यानको कुमाख र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेरका सम्बन्धमा केन्द्र सरकारसमक्ष स्वीकृतिका लागि पठाउने निर्णय पनि बैठकले गरेको प्रवक्ता बिमला केसीले जानकारी दिइन् । उनका अनुसार समपुरक र विशेष अनुदान तर्फका गत वर्षदेखि स्थानीय तहहरुमा सञ्चालित आयोजनाहरुका लागि २२ करोड ५७ लाख ८५ हजार बजेट पठाउने निर्णय पनि गरेको छ । बैठकले कर्णाली प्रदेशको पर्यटन गुरुयोजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?