कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मुगुमा आगलागीबाट ५ घर नष्ट

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिका–३ रोल गाउँमा बिहीबार दिउँसो १२ बजे आगलागी हुँदा ५ घर जलेका छन् । अकस्मात घरबाट सल्किएको आगोले रोल गाउँका हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहका घर जलेर खरानी भएको रोल गाउँका सर्जन शाहीले बताए ।

उनका अनुसार आगलागीका कारण खुलेको छैन । आगलागीबाट धनसम्पत्ति, लत्ताकपाडा, भाँडाकुँडा, काठका खटिया दराज जलेर नष्ट भएको छ ।

श्रीकोट प्रहरी चौकीबाट खटिएको टोली, रोल श्रीकोट र सैन गाउँका स्थानीयले करिब ३ घण्टापछि आगो निभाएका छन् । आगलागीबाट ५ घर जलेर ध्वस्त हुँदा करिब २५ लाख बराबरको धनमाल पूर्णरुपमा क्षति भएको श्रीकोट प्रहरी चौकीका इन्चार्ज बिष्णुबहादुर सेजुवालले बताए ।

प्रकाशित : मंसिर ११, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?