कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

श्रीनगरसँगै आसपासका बजार खुले

विप्लव महर्जन

सल्यान — स्थानीयमा कोरोना संक्रमण देखिएपछि सिल गरिएका शारदा नगरपालिका–१ स्थित श्रीनगरबजार, शान्तिनगर, जोगदेखोला १९ दिनपछि खुलेका छन् ।

श्रीनगरसँगै आसपासका बजार खुले

जिल्ला प्रशासन कार्यालय सल्यानले सचेतना अपनाउँदै अनिवार्य मास्क, साबुन पानीले नियमित हात धुन, सेनिटाइजर र पन्जाको प्रयोग गरेर व्यवसाय संचालन गर्न सूचना प्रकाशन गरेपछि श्रीनगर लगायतका आसपासका बजार खुलेका हुन् ।

बजार खुला गरेपछि त्यहाँस्थित रहेका सरकारी कार्यालय , बैंक, वित्तिय संस्था, विद्यालय सबै सञ्चालनमा आएका छन् । पछिल्नो समयमा कोरोना पोजेटिभ देखिएका १२ जनाका घर पूर्णरुपमा सिल गरेर बजार खोलिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । उनले संक्रमण देखिएका घरका सदस्यलाई अत्यावश्यक काम परेमात्र बाहिर निस्कन आग्रह गरेका छन् ।

जोखिम अझै यथावत रहेकाले उनले पसल सञ्चालन गर्दा अनिवार्य रुपमा डोरी लगाएर दूरी कायम गरी पालो व्यवस्थापन गरि सेवा प्रवाह गर्न उनले व्यवसायीलाई आग्रह गरेका छन् । कात्तिक २३ गतेदेखि श्रीनगर बजार सिल रहेको थियो ।

शारदा नगरपालिका–१ को श्रीनगर बजार मात्र नभई बरला बजारको सिल पनि हटाइएको शारदा नगरपालिका सल्यानका प्रमुख सुरेश अधिकारीले बताए । कोरोना संक्रमणको जोखिम उच्च भएकाले रोग नियन्त्रण सम्बन्धी अवधारणा अपनाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित : मंसिर ११, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?