कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यान सदरमुकाम एक साताका लागि सिल

विप्लव महर्जन

सल्यान — समुदायमा कोरोना संक्रमण बढेपछि शारदा नगरपालिका–२ स्थित सदरमुकाम खलंगा बजार एक साताका लागि सिल गरिएको छ । सोमबार १० जना स्थानीय तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले १५ गतेसम्मका लागि सदरमुकाम सिल गरेको हो । 

सल्यान सदरमुकाम एक साताका लागि सिल

सदरमुकाम सिल भएपछि अत्यावश्यक कामबाहेक आवतजावतमा रोक लगाइएको छ । सिल भएसँगै होटेल, पसल र विभिन्न संघसंस्था बन्द प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । उनका अनुसार अत्यावश्यकीय सेवा बिहान ८ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सरकारी कार्यालय भने खुला रहने उनले जानकारी दिए ।

संक्रमित बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङलाई तीव्रता दिइएको शारदा नगरप्रमुख सुरेश अधिकारीले बताए । आइतबार र सोमबार ३१ जना कोरोना संक्रमित थपिएपछि सल्यानमा संक्रमितको संख्या ६ सय ४५ पुगेको छ । जसमध्ये ५ सय ५० निको भइसकेका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अहिलेसम्म २ जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रकाशित : मंसिर ९, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?