कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मुगुको छायानाथ रारामा जग्गा बाँझो राख्‍नेले सरकारी सुविधा नपाउने

राजबहादुर शाही

मुगु — छायानाथ रारा नगरपालिका–४ ले जग्गा बाँझो राख्नेलाई वडा कार्यालयबाट पाउने सरकारी सेवा सुविधा नदिने भएको छ । खेतीयोग्य जमिन बाँझो राख्दा खाद्यान्न परनिर्भरता बढेको भन्दै वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी सुविधामा रोक लगाएको हो । 

मुगुको छायानाथ रारामा जग्गा बाँझो राख्‍नेले सरकारी सुविधा नपाउने

वडाले खेतीयोग्य जग्गामा खाद्यान्न लगाउन वडावासीलाई निर्देशन दिएको छ । ‘आफ्नो जग्गा बाँझो राखेर बाहिरको खाद्यान्न उपभोग गर्ने प्रवृत्ति देखियो,’ वडाध्यक्ष विष्णुकुमार भामले भने, ‘जग्गा बाँझो राख्दा स्थानीयवासी खाद्य संस्थानकै चामलको भर पर्नुपरेको छ ।’ उनका अनुसार ४ नम्बर वडाको भामबाडा, कालापाल्त, ताल्चालगायत क्षेत्रमा पर्याप्त खाद्यान्न, फलफूल र तरकारीको उत्पादन हुन्छ ।

खेतीयोग्य जग्गा बाँझो नराखे वडावासीलाई वर्षैभरि पुग्ने अन्न पर्याप्त हुने उनले बताए । उनले रैथानै बाली उत्पादन गर्न वडावासीलाई आग्रह गरे ।

प्रकाशित : मंसिर ७, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?