कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सल्यानका ग्रामीण बजार धमाधम सिल

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमणको जोखिम झन बढेपछि ग्रामीण क्षेत्रका बजारहरु धमाधम सिल हुन थालेका छन् ।

सल्यानका ग्रामीण बजार धमाधम सिल

शारदा नगरपालिकास्थित श्रीनगर, शान्तिनगर, बेलघारी, जोगदेखोला, बरला र बाग्चौर नगरपालिका–१२ स्थित दोभानबजार सिल गरिएको हो ।

समुदायस्तरमा संक्रमित बढिरहेको भन्दै ती बजारहरु सिल गरिएको हो । कात्तिक २३ गतेदेखि बन्द गरिएको श्रीनगरबजार जिल्ला प्रशासन कार्यालयले तेस्रो पटकका लागि सिल गरेको छ ।

बाग्चौरमा लक्षणसहितका संक्रमित भेटिन थालेपछि एक साताका लागि बजारक्षेत्र सिल गरिएको छ । १४ दिनसम्म सिल गर्दा पनि कोरोना संक्रमण नघटेपछि फेरी पाँच दिन श्रीनगर सिल गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।

सिल गरेको क्षेत्रमा थप कडाइ गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार मास्क नलगाइ हिँड्नेहरुबाट जरिवाना संकलन गर्न थालिएको छ ।

संक्रमण बढ्दै गएपछि बाग्चौर नगरपालिका र कालिमाटी गाउँपालिका क्षेत्रमा पनि एक सातादेखि सिल गरिएको जिल्ला प्रशासनले जनाएको छ । सल्यानमा ६ सय १२ जनामा कोरोना पुष्टि भए पनि ५ सय ५० जना उपचारपछि घर फर्किएका छन् । संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ७, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?