१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि सुर्खेतमा प्रदर्शन

सुर्खेत — मोटरसाइकलको ठक्करबाट मंगलबार वीरेन्द्रनगर नगरपालिका–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले टायर बालेर कर्णाली राजमार्ग बन्द गराएका हुन् । 

मोटरसाइकलको ठक्करबाट बालकको मृत्युपछि सुर्खेतमा प्रदर्शन

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्तले बुधबार सिद्धार्थ होटल चोकमा टायर बालेर विरोध जनाएका हुन् । बालकलाई ठक्कर दिएर फरार हुने मोटरसाइकल र चालक दुवैको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले बताए । उनका अनुसार मोटरसाइकल र चालकको खोजी भइरहेको छ ।

प्रदर्शनकारीले दोषी पहिचान गरी कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखेका छन् ।

प्रकाशित : मंसिर ३, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?