२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पतिको हत्या आरोपमा पत्नी पक्राउ

विप्लव महर्जन

सल्यान — पतिको हत्या आरोपमा प्रहरीले कपुरकोट गाउँपालिका–५ की ४३ वर्षीया ईश्वरी कामीलाई पक्राउ गरेको छ । उनलाई पति ५४ वर्षीय रामे कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । 

पतिको हत्या आरोपमा पत्नी पक्राउ

उनका पति रामे बुधबार मृत फेला परेका थिए । घरमै सामान्य विवाद हुँदा घाँटी थिची काठको पिर्काले टाउकोमा प्रहार गरेर उनले पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकका बाबु पर्से कामीले दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार सन्तान नभएका दम्पतीबीच जग्गा बिक्रीको विषयमा विवाद भएको थियो । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक २०, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?